भू–उपयोग परिषद्को बैठक सम्पन्न, कित्ताकाट सम्बन्धी निर्णय पारित

by समतल अनलाइन
65Shares

तिलोत्तमा।तिलोत्तमा नगरपालिकाको सभाहलमा भू–उपयोग परिषद्को बैठक सम्पन्न भई कित्ताकाट सम्बन्धी निर्णय पारित गरिएको छ। कार्यपालिका स्तरको बैठकले खेतीयोग्य र आवासीय जग्गा वर्गीकरण अनुसार कित्ताकाट खुलाउने निर्णय गरेको हो।

नगर प्रमुख रामकृष्ण खाणले अब नगरबासीले भू–उपयोग नक्साअनुसार कित्ताकाट गर्न सक्ने जानकारी दिनुभयो। नगर उपप्रमुख जागेश्वर देवी चौधरीले निर्णयपछि लामो समयदेखिका अवरोधहरू फुक्ने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले स्थानीय तहबाट कित्ताकाट प्रक्रिया सहज बनाउँदै प्रदेश र संघसँग समन्वय गर्न यो निर्णय महत्वपूर्ण हुने बताउनुभयो। बैठकमा भू–उपयोग जियोमेटिक्स इन्जिनियर भरत खड्काले प्राविधिक जिज्ञासाको समाधान गर्नुभएको थियो।

You may also like