52
काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२२ कम्पनिका एक करोड ८७ लाख ३ हजार १८३ कित्ता शेयर ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एचएलआई लार्ज क्यापको शेयर ९.९५ प्रतिशतले बढेको छ । त्यसैगरी आज सान्भी इनर्जीको शेयर सबैभन्दा बढी ४.६३ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ५९ करोड २९ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ४१ करोडको कारोबार भएको छ ।



