68
काठमाडौँ । नेप्से आज सामान्य बढेको छ । बुधबार नेप्से ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३४ कम्पनिका २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ मा कारोबार भएको थियो । आज बैंकिङ, लगानीम जीवन बीमा, माइक्रो फाइनान्स र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक र अन्खु खोला हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने मिथिला लघुवित्तको शेयर ९.५१ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी गुडविल फाइनान्सको डिभेन्चरको मुल्य ८.०७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला हाइड्रोकोको ८३ करोड ५७ लाखको कारोबार भएको छ भने राढ़ी विद्युतको ५४ करोड ३६ लाख कारोबार भएको छ ।



