न्यून चापिय प्रणालीको प्रभाव: उच्च पहाड–हिमालमा हल्का हिमपात/वर्षाको सम्भावना

by समतल अनलाइन
62Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको जानकारी दिएको छ । हाल कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागिरहेको छ । बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ  ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । पुर्वी तथा मध्य  तराई भू-भागका थोरै स्थानहरूमा बिहानिपख हुस्सु रहनेछ ।

त्यस्तै आज राती सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

You may also like