रेशम चौधरीको उम्मेदवारी खारेज, कैलाली–१ बाट चुनाव लड्न नपाउने

by समतल अनलाइन
71Shares

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।

निर्वाचन ऐन २०७४ अनुसार जन्मकैदको सजाय पाएका व्यक्ति उम्मेदवार हुन अयोग्य हुने हुँदा चौधरीविरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालविक्रम थापाले उजुरी गरेका थिए ।

२०७२ असोजमा टिकापुर घटनामा आठ जना प्रहरी र एक नाबालकको हत्या गर्ने अभियोगमा चौधरीलाई तीनै तहको अदालतले जन्मकैदको फैसला सुनाएको थियो। सर्वोच्च अदालतले पनि २०८० जेठ २ मा उक्त फैसला सदर गरेको थियो ।

चौधरीलाई २०८० जेठ १४ मा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी सजाय मिनाह गरे पनि यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको छ।

You may also like