68
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेका उर्जामन्त्री कुलमान घिसिङ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग मिलेर अघि बढ्ने सहमति जुटेको छ ।

केहीबेरअघि रास्वपाका नेता एवं निवर्तमान सांसद अशिम शाहको घरमा तीन पक्षबिच सहमति जुटेको हो ।रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमानबिच सहमति जुटेको हो ।
त्यसो त यसअघि पटकपटक सहमतिको प्रयास गरे पनि सम्भव भएको थिएन ।यसअघि नै रविलाई पार्टी सभापति र बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो । तर त्यसमा कुलमानले आपत्ति जनाउँदै आइरहेका थिए । अन्तिम अवस्थामा रवि–बालेनसँग मिलेर जान कुलमान तयार भएका हुन् ।
सहमति जुटेसँगै रास्वपा र उज्यालो पार्टीबिच अन्तिम सहमतिमा हस्ताक्षरको तयारी भइरहेको स्रोतले जनाएको छ ।





