नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको च्याप्टर रिट्रिट तथा औद्योगिक भ्रमण सम्पन्न

by समतल अनलाइन
63Shares

बुटवल । नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआई–युइएफ) लुम्बिनी च्याप्टरको आयोजनामा आइतबार च्याप्टर रिट्रिट तथा औद्योगिक भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।

उद्यमशीलता प्रवर्द्धन, आपसी सहकार्य मजबुत बनाउने तथा उद्योगसम्बन्धी व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा लुम्बिनी च्याप्टरका २८ जना सदस्यहरूको सहभागिता रहेको थियो । रिट्रिट कार्यक्रमका क्रममा नेतृत्व विकास, संगठन सुदृढीकरण तथा सदस्यहरूबीच आपसी समन्वय विस्तारका विषयमा छलफल गरिएको थियो । साथै औद्योगिक भ्रमणअन्तर्गत सहभागीहरूले उद्योगको कार्यप्रणाली, व्यवस्थापन व्यवस्था र उत्पादन प्रक्रियाबारे प्रत्यक्ष अवलोकन तथा जानकारी लिएका थिए ।

कार्यक्रमका अवसरमा बोल्दै मञ्चका अध्यक्ष राजन कसजुले यस्ता कार्यक्रमले युवा उद्यमीहरूलाई व्यवहारिक ज्ञानसँगै आपसी सहकार्य र नेटवर्क विस्तारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रिट्रिट तथा औद्योगिक भ्रमणले सदस्यहरूलाई उद्योगको वास्तविक अवस्था बुझ्न, नयाँ सोच विकास गर्न र संगठनलाई थप सशक्त बनाउन मद्दत गर्छ ।”

कार्यक्रमको सह–आयोजन तथा समन्वयको भूमिका रोनिश श्रेष्ठले निर्वाह गर्नुभएको थियो । सहभागी सदस्यहरूले कार्यक्रम उपयोगी, ज्ञानमूलक र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका छन् ।

लुम्बिनी च्याप्टरले आगामी दिनमा पनि यस्ता उद्यम प्रवर्द्धनमुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

You may also like