83
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गर्दै दोस्रो संस्करण टुंग्याएको छ। साविक विजेता जनकपुर बोल्ट्स अंक तालिकाको पुछारमा रहँदै सिजन समापन गरेको छ।
आइतबार भएको खेलमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो। जनकपुरका लागि सञ्जय कृष्ण मूर्तिले सर्वाधिक ५१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । बलिङमा कर्णालीका विलियम बोसिष्टोले २ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो । कर्णालीका ओपनर इम्रान शेखले ३३ रन जोडे।



