47
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने विषयमा सहमति बने पनि संसद् विघटनबारे अझै टुंगो लागेको छैन । यस विषयमा आज शुक्रबार बिहान ९ बजेदेखि शीतल निवासमा पुनः छलफल हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बिहीबार राति शीतल निवासमा मध्यरातसम्म चलेको बैठकमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति बनेको हो । यो प्रस्ताव जेनजी समूहकै तर्फबाट आएको थियो ।
राष्ट्रपति पौडेलले विभिन्न पक्षसँग चरणबद्ध परामर्श गरेपछि कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निष्कर्ष निकालेका हुन् । तर संसद् विघटनबारे भने सहमति नजुटेपछि अन्तिम निर्णय रोकिएको छ । यस विषयमा टुंगो लगाउन आज बिहान ९ बजे पुनः वार्ता हुने लागेको हो ।