तिलोत्तमामा मोटरसाइकल दुर्घटना, २० वर्षीय युवकको मृत्यु

by समतल अनलाइन
119Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा २० वर्षीय युवकको ज्यान गएको छ। मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भइ हाल तिलोत्तमा–१४ तीनधुरा भलवारी बस्ने खेम भुसाल रहेको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाइकल सोमबार बिहान करिब पौने ४ बजे मणिग्राममा आफैं अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका भुसाललाई उपचारका लागि क्रिमसन अस्पताल पुर्‍याइएको थियो तर चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।

प्रहरीका अनुसार पानी परेका कारण सडक चिप्लिएर टायर फिस्लिनु दुर्घटनाको सम्भावित कारण हुनसक्छ।

You may also like