एक चीन नीतिबाट सरकार बुरुक्क उफ्रियो : मिनेन्द्र रिजाल

by समतल अनलाइन
356Shares

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य नहुने बताएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल कुनै पनि देशमाथि हुने आतंकवादी आक्रमणको विपक्षमा रहने बताए ।

उनले नेपालको भूमि आतंकवादी गतिविधिका लागि कहिल्यै पनि प्रयोग गर्न नदिइने स्पष्ट पारे । उनले नेपालले छिमेकी देश चीनसँग पनि एक चीन नीतिमा स्पष्ट रहेको बताए । उनले नेपालका केही सरकारले एक चीन नीतिबाट एक चीन सिद्धान्तकै रुपमा अघि बढाएको बताए ।

नेता रिजालले नेपालको हित चाहने कुनै पनि नेपालीले भारतसँगको सम्बन्धमा कुनै पनि सानो दरार आउने गरी कुनै सम्बन्ध राख्न नसक्ने जिकिर गरे । नेपाल र भारतको सम्बन्धको मूल्यमा कसैसँग पनि केही सम्बन्ध नहुने बताए ।

उनले एक चीन नीतिमा स्पष्ट रहेको बताए । उनले नेपालका केही सरकारले एक चीन नीतिलाई एक चीन सिद्धान्तकै रुपमा अघि बढाएकोमा आपत्ति जनाए । ‘एक चीन नीति…। अहिले त कुनै कुनै सरकारले एक चीन सिद्धान्त नै भनेका छन् नीतिबाट पनि बुरुक्कै उफ्रिएर,’ उनले भने, ‘कुनै पनि मित्र राष्ट्रको अहितका लागि भूमि प्रयोग हुन दिँदैनौं ।’

You may also like

This will close in 0 seconds