काठमाडौं । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन भएका छन् । अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्। श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिवसमेत हुन् ।
काउन्सिलको आगामी ३ वर्षका लागि सर्वसम्मतीबाट नयाँ नेतृत्व चयन भएको हो ।


नेपाल (श्रेष्ठ) को प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकहरुमा जिम्बाब्वेका लफ्टी दुबे,म्यान्मारका डा.तिन तुन ओ,कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा थिए ।
काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्ष अली हान्सेर्ली (साइप्रस) निर्वाचित भए । त्यस्तै,तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवको जिम्मेवारीमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्ष भए ।
सोमबारदेखि तान्जानियाको आरुसामा भइरहेको काउन्सिलको विश्व सम्मेलन पर्सि समापन हुँदैछ । सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिको सहभागिता छ ।