काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० महिला फुटबल च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरेको छ । एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङसहितका एन्फा पदाधिकारीले खेलाडीको बिदाई गरेका हुन् ।
साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय यू-२० महिला टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बिर्साना चौधरीको कप्तानीमा २३ खेलाडी छानेका छन् ।


गोलकिपरः लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ ।
डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पाण्डक, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।
मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (कप्तान) र सेनु परियार ।
फरवार्डः कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।
त्यस्तै नेपाली यू-२० महिला टिममा यमप्रसाद गुरुङ (मुख्य प्रशिक्षक), इन्दु दुवाल (टिम म्यानेजर), सन्देशकुमार श्रेष्ठ (सहायक प्रशिक्षक), किरणकुमार कार्की (सहायक प्रशिक्षक), मीनबहादुर बस्नेत (गोलकिपिङ प्रशिक्षक), विशाल कोजु श्रेष्ठ (आधिकारीक), पूर्णिमा घिसिङ (फिजिस्ट्रेस) र पूर्निमा घिसिङ (फिजिस्ट्रेस) रहेका छन् ।
आगामी जुलाई ११ देखि २२, २०२५ सम्म टोलीले बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भाग लिदैछ ।
यस प्रतियोगित मा नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिदैछन् । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।
यस प्रतियोगितामा नेपालले जुलाई ११ मा भुटानविरुद्ध, जुलाई १३ मा बंगलादेशविरुद्ध, जुलाई १५ मा श्रीलंकाविरुद्ध खेल्ने तालिका छन् । त्यस्तै नेपालले जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।
यसअघि खेलिएका चारै पटक बंगलादेश विजयी बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।