54
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले अपडेट दिदै थप दुई जना बेपत्ता भएको जानकारी दिएको हो ।
बेपत्ता हुनेमा १४ जना नेपाली नागरिक रहेका छन् भने ६ जना चिनियाँ नागरिक रहेका छन् ।
बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुना ठाकुर र लोकेन्द्र बोहोरा रहेका छन् । यसैगरी बर्दियाका जिपन चौधरी, सन्तोष दइत,बुद्धिराम राम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, चालक गोविन्द मोक्तान, चालक लोकमान तामाङ, गोरखाको पालुङ्टार नगरपालिका-६ का डीलबहादुर तामाङ, गोरखाको पालुङ्टार नगरपालिका ६ का धनबहादुर तामाङ रहेका छन्।