झाँक्रीलाई थप सात दिन समय, चित्तबुझ्दो जवाफ नआए ‘निष्काशन’

by समतल अनलाइन
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थपेको छ । आज (मंगलबार) बसेको पार्टीको सचिवालय बैठकले नेतृ झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप सात दिनको समय दिएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । ‘सात दिन समय दिएका छौं । चित्तबुझ्दो जवाफ नआए थप निर्णय हुन्छ । अधिकांशले पार्टीबाटै हटाउनुपर्ने धारणा राखेका छन् । पछि हट्ने ठाउँ छैन’, एक पदाधिकारीले भने ।

नेता प्रकाश ज्वालाले अबदेखि पार्टीलाई नकरात्मक असर पार्ने, पार्टीपंक्तिलाई भ्रम छर्ने अभिव्यक्ति नदिने प्रतिबद्धतासहित सात दिनभित्र पार्टीमा लिखित आत्मआलोचना गर्ने गरी निर्देशन दिने निर्णय भएको बताएका छन् । आजको बैठक झाँक्रीलाई सचेत, निलम्बन वा निष्काशनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना गर्ने मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए ।

तर, अध्यक्षमाथि बोल्नै नहुने कुरो बोलेको भन्दै यसले पार्टीमा अराजकता बढ्ने जसले जे मन लाग्यो त्यही गर्ने नजिर बस्ने भएकाले आत्मालोचनासहितको जवाफ आउँछ आउँदैन ? केही दिन कुर्ने निचोड निकालिएको छ । पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाल मुछिएपछि नेतृ झाँक्रीले उनीविरुद्ध कडा अभिव्यक्ति दिएकी थिइन् । उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ बताएकी थिइन् ।

You may also like

This will close in 0 seconds