सिद्धबाबा सडकखण्डमा पहिरो: मोटरसाइकल चालकको मृत्यु, श्रीमती घाइते

by समतल अनलाइन
Shares

बुटवल।पाल्पाको दोभान–३ स्थित सिद्धबाबा मन्दिर नजिकै पहिरोमा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन्।

मंगलबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकल सिद्धबाबा नजिकै पहिरोमा परेको हो। मोटरसाइकल चालक पाल्पा रामपुर नगरपालिका–६ तालपोखरा घर भएका ३८ वर्षीय जनक भण्डारीको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती ३५ वर्षीया कल्पना चापागाई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ।

दिउँसो करिब ४ बजेतिर एक्कासि माथिबाट खसेको पहिरोले मोटरसाइकल चालकलाई ठक्कर दिँदा उनी सडकबाट करिब २९ मिटर तल तिनाउ खोलाको किनारमा खसेका थिए। तत्काल उद्धार गरी उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको ज्यान गएको प्रहरीको भनाइ छ।

घाइते कल्पना चापागाईको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको दोभान प्रहरी चौकीका प्रमुख रुम केसीले जानकारी दिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

You may also like

This will close in 0 seconds