ईरानबाट उद्दार भएर फर्किए बुटवलका दुई युवा, नगर प्रमुख पाण्डेयसँग भेट

by समतल अनलाइन
Shares

बुटवल । ईरानबाट उद्दार गरिएका बुटवलका दुई युवा गणेशप्रसाद पोखरेल र सुमन गैरे सकुसल आफ्नै घर फर्किएका छन्। नेपाल सरकार परराष्ट्र मन्त्रालयको पहल र सहयोगमा उनीहरू संकटपूर्ण अवस्थाबाट उद्दार भएर बुटवल फर्किएका हुन्।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आइतबार उनीहरूसँग नगर कार्यालयमा भेट गरेका थिए। भेटका क्रममा उद्दार गरिएका पोखरेल र गैरेले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सरोकारवाला निकायलाई धन्यवाद दिएका छन्। उनीहरूले जोखिमपूर्ण अवस्थाबाट सकुसल फर्कन सहयोग गर्ने सम्पूर्ण पक्षप्रति कृतज्ञता व्यक्त गरे।

नगर प्रमुख पाण्डेयले संकटमा परेका नेपाली नागरिकको उद्दारमा संघ सरकारसँग समन्वय र आवश्यक पहल गर्ने स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले यस्ता घटनामा उपमहानगरले सक्दो साथ र सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

परराष्ट्र मन्त्रालयको पहलमा हालसालै दर्जनौँ नेपालीलाई ईरानबाट उद्दार गरी स्वदेश फर्काइएको छ। उद्दारपछि घर फर्किएका पोखरेल र गैरेको बुटवलमा आफन्त र स्थानीयबासीले स्वागत गरेका छन्।

You may also like