टी–२० आई वरियतामा सन्दीप र ललितको छलाङ

by समतल अनलाइन
Shares

काठमाडौं । आइसीसी टी–२० आई वरियतामा बलिङतर्फ नेपाली क्रिकेटर सन्दीप लामिछानेले एकैपल्ट ४१ स्थान सुधार गरेका छन् । यसअघि शीर्ष एक सयमा नअटाएका सन्दीप स्कटल्याण्ड सिरिजपछि ४१ स्थान सुधार गर्दै ७५ औं स्थानमा आइपुगेका हुन् । सन्दीपले स्कटल्याण्ड र नेदरल्याण्ड्सविरुद्ध राम्रो प्रदर्शन गरेका थिए । बलिङतर्फ नै ललित राजवंशी पनि २९ स्थान सुधार गर्दै ५४ औं स्थानमा उक्लिएका छन् । दीपेन्द्रसिंह ऐरी ८०औं स्थानमा छन्।

टी–२० आईको ब्याटिङतर्फ १० स्थान सुधार गर्दै कुशल भुर्तेल ८३औं स्थानमा रहँदा कप्तान रोहित पौडेल ६६, दीपेन्द्रसिंह ऐरी ६१ र आसिफ शेष ७७ स्थानमा छन् । टी–२०आईको अलराउण्डर वरियतामा दीपेन्द्र तेस्रो स्थानमा कायमै छन् । कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ३२, गुल्सन झा ६०, रोहित ६६, कुशल मल्ल ६७ र करण केसी ८१ औं स्थानमा छन् । वरियतामा नेपाल १८औं स्थानमा यथावत् छ ।

You may also like