109
काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध भएको छ। विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन फेरि बगाएको छ।
गए रातिको पानीले खोलामा बाढी आएपछि हिजो दिउँसो बनाएको अस्थायी डाइभर्सन पुनः बगाएको हो । डाइभर्सन बगाएपछि गाडी आवागमन दुईतर्फी नै बन्द भएको छ। पानी परेसँगै विनयी खोलामा बाढी आएर डाइभर्सन पटक–पटक बगाउने गरेको छ।