84
काठमाडौं । राजावादीको आज (आइतबार) को आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले राजावादीको आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ गरेको छ । काठमाडौंको नारायण चौर नक्सालमा आइतबार भएको प्रदर्शनबाट थापा पक्राउ परेका हुन्।
निषेधित क्षेत्र तोड्न खोजेपछि थापा पक्राउ परेका हुन् । थापालाई प्रहरीले घिसार्दै झ्यानाकुटी पारेर भ्यानमा हालेको हो। यस क्रममा थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारावाजी गरेका छन्। राजसंस्था पुनःस्थापनाका लागि भन्दै राजावादीले बिहीबारदेखि राजधानी केन्द्रित प्रदर्शन गरिरहेका छन् । शनिबार दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा लगाइएपछि राजावादी समूह रत्नपार्कबाट बालुवाटारतर्फ लागेको थियो। आइतबार नारायण चौरमा भेला भएका प्रदर्शनकारी प्रधानमन्त्री निवास बालुवाटार जाने तयारीमा लागेका थिए ।