68
बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको पहिलो बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार, प्रदेश मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेश सभाको अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो। उक्त सिफारिसका आधारमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले अधिवेशन आह्वान गरेका हुन्।


आजको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाइनेछ। त्यसपछि प्रदेश सभा सदस्यहरूले शुभकामना आदानप्रदान गर्ने र सम्वोधन गर्ने कार्यक्रम कार्यसूचीमा समावेश गरिएको छ।
प्रदेश सरकारले जेठको पहिलो हप्ताभित्र नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने तयारी गरिरहेको छ। सो अवसरमा आगामी आर्थिक वर्षका प्राथमिकता, विकास योजनाहरू र बजेटको खाका पनि प्रस्तुत हुने अनुमान गरिएको छ।
previous post