58
काठमाडौँ । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच जारी तनावका बीच पाकिस्तान प्रसारणकर्ता संघ (पीबीए) ले पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतहरूको प्रसारणमा रोक लगाएको छ ।
ad
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले यसलाई देशभक्तिपूर्ण निर्णय भन्दै यसले सम्पूर्ण देशको सामूहिक भावनालाई प्रतिबिम्बित गर्ने बताएको छ ।
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले भने, ‘म पीबीएको यो निर्णयको गहिरो कदर गर्छु। यसले देखाउँछ कि हामी देशको एकताको लागि एकसाथ उभिन्छौं र यस्तो समयमा देशको आधारभूत भावनालाई समर्थन गर्छौं ।’
पहलगाम आक्रमणपछि भारत र पाकिस्तान अहिले युद्धको संघारमा रहेका छन् । दुवै देशले एक अर्काका हवाई क्षेत्रमा प्रतिबन्ध लगाएका छन् भने दुवैबीचका कैयौं सन्धि सम्झौता निलम्बन गरेका छन् ।