99
काठमाडौं । डोल्पा केन्द्रबिन्दु भएर आज (आइतबार) बिहानै भूकम्प गएको छ । डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु भएर आइतबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए । गएको शुक्रबार पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।