143
बुटवल।बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मृतक बुटवल–११ बुद्धनगर बस्ने करिब ३८ वर्षीय टेकबहादुर चौधरी हुन्।
शुक्रबार बिहान पानीको नहरमा घोप्टो अवस्थामा फेला परेका चौधरीको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको जनाएको छ।