सरकार फेरबदलको चर्चा : देउवा दम्पती आज स्वदेश फर्किदै

Shares

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी समेत रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (शुक्रबार) स्वदेश फर्किदै छन्। यही वैशाख ७ गते देउवा दम्पती परिवारका अन्य सदस्यसहित थाइल्याण्ड गएका हुन् । देउवा दम्पती शुक्रबार दिउँसो १२ बजे स्वेदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसिच कृष्णप्रसदा पौडेलले जानकारी दिएका छन् ।

उपचारको लागि भन्दै देउवा थाइल्याण्ड गएका हुन् भने परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप) को ८१ औं सम्मेलनमा सहभागी थाइल्याण्ड गएकी हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित सत्तारुढ कांग्रेसकै केही नेताले वर्तमान सरकार फेरबदलको चर्चा तीव्र पारिरहेका बेला देउवा दम्पती स्वदेश फर्किन लागेका हुन् ।

कतिपयले देउवा वर्तमान राजनीतिक कोर्स फेरवदलको गृहकार्यकै लागि थाइल्याण्ड गएको समेत आशंका गरिरहेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने देउवा उपचारकै लागि विदेश गएको अभिव्यक्ति दिँदै आएका छन्। यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देउवा थाइल्याण्डबाट फर्किएपछि सरकार फेरबदलको गृहकार्य सुरु हुने बताइरहेका छन् ।

उनले माओवादी देउवा नेतृत्वको सरकारलाई समर्थन तयार रहेको बताइरहेका छन् । प्रचण्डको अभिव्यक्ति र देउवा स्वदेश फर्किएपछि राजनीतिक कोर्स कसरी अगाडि बढ्ला भन्ने कुरा अहिले सर्वत्र चासोको विषय बनेको छ । पछिल्लो समय सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसमा सरकार सञ्चालन र विभिन्न नियुक्तिको विषयलाई लिएर असमझदारी सुनिन र देखिन थालेको छ। जसका कारण नौं महिनामै सरकार धरमराएको आंकलन गरिएको छ ।

You may also like