रुपन्देहीमा तेल चोरी गर्दै गरेको अवस्थामा ट्याङ्कर चालक पक्राउ

by समतल अनलाइन
38Shares

बुटवल । रुपन्देहीमा पेट्रोलियम पदार्थ चोरी गरिरहेको अवस्थामा एक ट्याङ्कर चालक पक्राउ परेका छन्। नेपाल आयल निगमको तेल बोकेको ट्याङ्करको सिल तोडेर तेल निकाल्दै गरेको अवस्थामा प्रहरीले चालकलाई नियन्त्रणमा लिएको हो।

तिलोत्तमा नगरपालिका–७, सुनयना पथस्थित नेपाल पेट्रोलियमको प्राङ्गणमा बिहीबार राति करिब ८ बजे तेल चोरी भइरहेको सूचना पाएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले घटनास्थल पुगेर चालकलाई पक्राउ गरेको थियो।

प्रहरीले लु २ ख २६५५ र लु २ ख ३९४० नम्बरका दुईवटा ट्याङ्करसहित मंगलापुर निवासी ४६ वर्षीय चालक तिलबहादुर फुलाललाई नियन्त्रणमा लिएको जनाएको छ।

ट्याङ्करको सिल तोडेर तेल चोरी भइरहेको अवस्थामा पक्राउ परेका फुलालमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

You may also like