काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३८ पैसा र बिक्रीदर १३६ रुपियाँ ९८ पैसा कायम भएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपियाँ ४० पैसा र बिक्रीदर १५६ रुपियाँ ०८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपियाँ ४१ पैसा र बिक्रीदर १८२ रुपियाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६५ रुपियाँ ५८ पैसा र बिक्रीदर १६६ रुपियाँ ३१ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ३७ पैसा र बिक्रीदर ८७ रुपियाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ५९ पैसा र बिक्रीदर ९९ रुपियाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ र बिक्रीदर १०४ रुपियाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ६१ पैसा र बिक्रीदर नौ रुपियाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७१ पैसा र बिक्रीदर १८ रुपियाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३६ पैसा र बिक्रीदर ३६ रुपियाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३१ पैसा र बिक्रीदर ३७ रुपियाँ ४८ पैसा तोकिएको छ।