146
काठमाडौं। दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करण आइतबारदेखि सुरु हुँदैछ । नेपालले सन् २०१६ मा यो प्रतियोगिता आयोजनाको जिम्मेबारी पाएको थियो । नेपालले जिम्मेवारी पाएको दुई वर्षभित्र यो प्रतियोगिता आयोजना गर्नु पथ्र्यो । तर, अपर्याप्त भौतिक पूर्वाधारका कारण पटकपटक प्रतियोगिता स्थगित हुँदै आएको थियो ।
अन्नतः चौथो पटक तोकिएको मितिमा आएर १३औं सागले साकार रुप लिने अवसर जुरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नेछिन् ।