48
काठमाडौं । नेपाल प्रहरीका १८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विसका विभागले १८ जना एसएसपीको सरुवा गरेको जनाएको छ ।
कार्यालयका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी पनि फेरिएका छन् । परिसरमा विश्व अधिकारी आएका छन् भने अपराध अनुसन्धान कार्यालयमा रमेशकुमार बस्नेतलाई ल्याइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमेर आएका छन् । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका बसन्त रजौरे प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन्। अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा पठाइएका छन् ।