मानवसेवा आश्रमको महायज्ञमा दान गर्नेको भिड,लायन्स क्लब नेपालले गर्यो २ करोड ७ लाखको प्रतिबद्धता

by समतल अनलाइन

रूपन्देही । मानवसेवा आश्रमको लुम्बिनी प्रदेश रुपन्देही शाखा स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि सुरू भएको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा दान गर्ने दाताहरूको भीड लागेको छ । महायज्ञको चौथो दिन आज बिहीबार मौसम प्रतिकूल रहे पनि दाताहरूको सहभागीतामा भने कमी आएको छैन ।
महायज्ञमा लायन्स क्लब अफ इन्टरनेसनल ३२५पि नेपालकाे तर्फबाट हङ्गर रिलिफ प्राेग्राम अन्तर्गत किचन डाइनिङ प्राेजेक्टका लागि १ लाख ५० हजार डलर अर्थात नेपाली रुपियाँ २ कराेड ७ लाख रकम सहयोग दिने प्रतिबद्धता गरेकाे छ।क्लबको तर्फदेखि डिस्टिक गभर्नर पुरुषोत्तम मान प्रधनाङ्गना , फर्स्ट भाइस डिस्टिक गभर्नर बालाराम भट्टराई, सेकेन्ड भाइस डिस्टिक गभर्नर सन्दीप कशौधनले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यस्तै बुटवल उपमहानगरपालिका-८ निवासी साेमबहादुर आलेद्वारा महायज्ञमा ५ लाख ११ हजार १ सय ११ रूपैयाँ आश्रमकाे एक काेठा निर्माणका लागि दान गर्नुभएको थियो। तिलोत्तमा नगरपालिका-५ रूपन्देही निवासी हरिप्रसाद कँडेल र यशोदा कँडेलले १ लाख १ हजार १ सय ५ रूपैयाँ दान गर्नुभएको थियो ।
महायज्ञमा चिन्तामणि पाण्डेले ६४ हजार १ सय १ रूपैयाँ, माँ कामाख्यादेवी धाम फाउन्डेसनद्वारा १५ हजार ५ रूपैयाँ, गंगा अर्यालद्वारा १० हजार रूपैयाँ, भीमकला भण्डारीद्वारा २ हजार ५ सय ५० रूपैयाँ, तुल्सा पाण्डेले १५ हजार १ सय ५ रूपैयाँ, रेनुका श्रीस ५ हजार २५ रूपैयाँ, छलिदेवी भण्डारी ५ हजार ५१ रूपैयाँ, नारायणी गौतम भुसालले ५ हजार १ सय ५ रूपैयाँ, वसन्ती पोखरेलले ५ हजार ५ रूपैयाँ, गिरिनाथ शर्मा र कोपिलादेवी पाण्डे केसीले २ हजार ५ सय ५ रूपैयाँ, पण्डित प्रेमचन्द्र न्यौपाने र क्षमादेवी एवम् सपरिवारको तर्फबाट ११ हजार रूपैयाँ योगदान भएको थियो । रिता पाठक र यमकला न्यौपानेले ५ हजार १ सय ५ रूपैयाँ, रेनु भट्टराइ (डुम्रे) र प्रेम डुम्रेले ५ हजार १ ५१ रूपैयाँ, दयाराम पाठक २५ हजार १ सय रूपैयाँ, कुसुमदेवी प्रधानले ३ हजार २५ रूपैयाँ, प्रेम कला पाठकले १६ हजार ५० रूपैयाँ, क्यापटेन खेम नारायण काफ्ले र मुक्ता काफ्लेले ६ हजार ५ सय रूपैयाँ भवन स्तरोन्नतिको लागि दान गर्नुभएको थियो।
त्यस्तै रूपन्देही क्षेत्रमा रहेका आमा समूहहरूकाे महायज्ञमा उल्लेखनीय सहभागिता रहेको थियो । आमा समुहहरुले पनि दान गर्नुभएको थियो। मगर एकता आमा समूहले १५ हजार ७ सय ३० रूपैयाँ, सिद्धार्थ आमा समूहले ७ हजार ३५ रूपैयाँ, पशुपति आमा समूहले ५ हजार २५ रूपैयाँ, गौतम आमा समूहले ११ हजार, १११ रूपैयाँ, तिलोत्तमा नारी जागरण समूह (शान्ति दुर्गा मन्दिर) ५ हजार १ सय ५ रूपैयाँ, सिद्धबाबा धाम भजन किर्तन उपसमितिले १५ हजार ६ सय ५५ रूपैयाँ महायज्ञमा दान गर्नुभएको थियो।
त्यस्तै कृष्णप्रसाद भण्डारी र यमकला भण्डारीले ५ हजार १ सय रूपैयाँ, सुनिता अर्यालले ३ हजार १ सय रूपैयाँ, लक्ष्मी /रामचन्द्र खरेलले ५ हजार १ सय ५१ रूपैयाँ, लुम्बिनी कृषि उपज थाेक प्रा.लिले १५ हजार ५ रूपैयाँ र बेदप्रसाद/ अम्बिका अर्यालले ५ हजार, ५ सय ५१ रूपैयाँ दान गर्नुभएको थियो।
त्यस्तै महायज्ञमा तिलाेत्तमा-१ निवासी आत्मराम/हरिकला पाण्डेले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, तिलाेत्तमा-५ निवासी द्वय नारायणप्रसाद रेग्मी र नारायण/ कमला कँडेलद्वारा १ लाख ११ हजार १ सय ११ रूपैयाँ याेगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।
मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि र आश्रमलाई तन, मन, धनले सहयोग पुर्याउनु हुने दाताहरूलाई कृतज्ञता ज्ञापन गर्ने उद्देश्यले समेत महायज्ञको आयोजना गरिएको बताइएकोछ। रुपन्देही जिल्ला तिलोत्तमा–५ मणिग्राम सिद्दार्थ राजमार्ग सगै पर्दर्शनी स्थलमा माघ ७ गतेदेखि सुरू भएको महायज्ञ १४ गतेसम्म सञ्चालन हुनेछ ।

 
 
  
 

You may also like