193
बुटवल । रुपन्देही प्रहरीले भन्सार छलि गरि ल्याईएका करिब साढे २७ लाख मूल्य बराबरका अवैध सामग्री बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका–७ बगैंचास्थितमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
भन्सार नबुझाई भारतबाट अवैध रुपमा नेपाल ल्याईएका उक्त सामानमा सात हजार ८५० पिस आईफोनको चार्जर केबल, ६ हजार २०० पिस एयरफोन, चारहजार ९०० पिस बिभिन्न किसिमका मोबाइलका ग्लास र ६८० मिटर मखमलको कपडा रहेको छ।
previous post