4.6K
काठमाडौं । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आज (आइतबार) देखि सुरु हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुनेछ ।
यस प्रतियोगितामा नेपाल समूह ‘ए’ का दुवै खेल जितेर समूह विजेता हुँदै सेमिफाइनल खेल्दैछ । नेपालले समूह चरणमा श्रीलंकालाई १–० ले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।