156
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेका नयाँ मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।शपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै नव नियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले आफू लोभ लालचा राखेर कुनै पनि काम नगर्ने र काम गदा आइपर्ने अप्ठ्याराहरुसँग डराएर पछि नहट्ने स्पष्ट पारेका छन् ।
उनले आफूले इमान्दारिताका साथ कृषिमन्त्रीको रुपमा कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार कृषिमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री भुसालले भने, ‘म लोभ र डरमा काम गर्दिनँ । म सिक्दै बुझ्दै काम गर्छु । कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु ।’
previous post