टी-२० विश्वकप छनौटमा आज नेपालले मलेसियासंग खेल्दै

by समतल अनलाइन
Shares

काठमाडौँ । जारी टी-२० विश्वकप छनौट अन्तर्गत आज नेपालले मलेसियाको सामना गर्दै छ ।

यो खेल टियु क्रिकेट मैदानमा अपराहन्न १: १५ बजेदेखि शुरु हुने छ । सोमबारदेखि शुरु भएको विश्वकप छनौटमा नेपालले आफ्नो अफिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेर शानदार शुरुवात गरेको छ । त्यस्तै मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग पराजित भएको छ । सोमबार खेलेको खेलमा मलेसिया ओमानसँग ३२ रनले पराजित भएको थियो ।

त्यसैगरी आज समुह ए का ओमान र सिंगापुर टियु मैदानमा बिहान ९ बजेदेखि खेल्दै छन् भने समुह बि का बहराइन र हङकङ मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजेदेखि खेल्दैछन् । त्यस्तै समुह बि का कुवेत र युएई अपराहन्न १: १५ बजेदेखि मुलपानी क्रिकेट मैदानमा खेल्दै छन् ।

आगामी अक्टोबर ३० देखि नोभेम्बर ६ सम्म अर्थात कार्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुने प्रतियोगितामा नेपाल समुह ए मा रहेको छ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेका छन् भने समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।

नेपालले पहिलो खेल कार्तिक १३ गते सोमबार सिंगापुरसँग खेल्ने छ भने दोस्रो खेल कार्तिक १४ गते मलेसियासँग र तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्ने भएको छ ।

नेपालमा हुने विश्वकप छनोटका फाइनलमा पुग्ने दुई देश आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनौट हुने छन् । नेपाल यसअघि पहिलो पटक २०१४ को टी- २० विश्वकप खेलेको थियो । यस अघि टी-२० विश्वकपमा १६ द्देश खेल्दै आएकोमा २०२४ को विश्वकपमा २० देशले सहभागिता जनाउदै छन् ।

एशिया क्षेत्रको टी-२० विश्वकप खेल्ने नेपाली टीममा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख (विकेटकिपर), बिनोद भण्डारी (विकेट किपर), कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतिश जिसी, बिबेक यादव, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।

You may also like

This will close in 0 seconds