264
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।
हङकङ पनि सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो ।