332
बुटबल। इन्टर स्पोर्ट्स क्लब बुटवलले क्लवलाई प्राप्त भएकाे नया टिसर्ट सार्वजनिक गरेको छ । शनिवार क्लब भवनमा आयोजना भएकाे एक कार्यक्रममा टिसर्ट सार्वजनिक गरिएको क्लबका अध्यक्ष शंकर गैरेले जानकारी दिए ।
बुटबलकाे पुरानो तथा चर्चीत क्लबका रूपमा पहिचान बनाएको क्लवलाई हाल हङकङ निवासी सुरेश गलामी मगरले ४० थान टिसर्ट उपलब्ध गराएका थिए । क्लवका अध्यक्ष शंकर गैरे, निवर्तमान अध्यक्ष वसन्त श्रेष्ठ,उपाध्यक्ष अशोक सेन, सचिव रमेश मल्ल, कोषाध्यक्ष झबिन्द्र राज बस्याल तथा क्लव पदाधिकारि तथा सदस्यहरुले टिसर्ट सार्वजनिक गर्दै क्लबका संस्थापक सदस्य सुरेश गलामी मगरलाई बिशेष धन्यवाद व्यक्त गरेका थिए ।
previous post