by समतल अनलाइन
Shares

कन्चन।रुपन्देहीको कञ्चन गाउँपालिकामा लायन्स क्लव अफ कन्चन लेडी, लायन्स क्लव अफ कन्चन हरैया र लियो क्लव अफ कन्चनको आयोजनामा प्रथम कन्चन उपाध्यक्ष कप खुला भलिबल तथा तीज गीत प्रतियोगिता हुने भएको छ ।
कञ्चन गाउँपालिका संरक्षक रहेको प्रतियोगिता शुक्रवारदेखि सुरु भई असोज १ गते समापन हुने तालिका छ ।
१० वटा महिला टिमको सहभागिता हुने प्रतियोगितामा भलिबलतर्फ प्रथम हुने टिमलाई ५० हजार, द्वितीय हुने टिमलाई ३० हजार र तृतिय हुने टिमलाई नगद २० हजार प्रदान गरिने छ ।
त्यसैगरी सान्त्वनालाई १० हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।
उता तिजगित प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार, दोश्रोलाई ५ हजार र तेश्रोलाई १५ सय नगद प्रदान गरिने आयोजकले जनाएका छन ।
पत्रकार सम्मेलनमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले विगतमा कन्चनमा खेलकुद प्रतियोगिता भएपनि तिनले अव्यस्थित भएको भन्दै आगामी दिनमा गरिने खेलकुद प्रतियोगितालाई व्यवस्थित तरिकाले खेलाउने बताउनु भयो । उहाँले खेलकुद प्रतियोगितालाई स्थायीत्व प्रदान गर्न एक बर्ष अध्यक्ष कप र अर्को बर्ष उपाध्यक्ष कप प्रतियोगिता गर्ने गरि बजेट विनियोजन गरेर पालिकाको नियमित कार्यक्रममै समेटिने बताउनु भयो ।
कार्यक्रममा कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले पालिकामा सञ्चालन हुने खेलमा पुरुषको मात्रै बाहुल्यता रहँदै आएकोमा अव महिला खेलाडीहरुलाई समेत प्राथमिकता दिएर उनीहरुलाई खेल क्षेत्रमा सहभागी गराउन महिला प्रतियोगिता समेत आयोजना गरिएको बताउनु भयो ।
१० टिम सहभागी हुने उक्त प्रतियोगितामा ६ लाख खर्च हुने अनुमान आयोजकले गरेका छन । जिल्ला भविवल संघका उपाध्यक्ष तथा लायन्स क्लव अफ कन्चन हरैयाका संस्थापक अध्यक्ष रामबहादुर थापाले खेल कञ्चन ४ को डियो खेल मैदानमा अपरान्ह २ बजेदेखि सुरु हुने बताउनु भयो ।

You may also like

This will close in 0 seconds