सिद्धेश्वर लाल कुमारीमा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

Shares

बुटवल ।सिद्धेश्वर लाल कुमारी मा.विले शैक्षिक सत्र २०७९ सालको एस.ई.ई. परीक्षामा उत्तिर्ण विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

एस.ई.ई. परीक्षा २०७९ मा बिभिन्न जिल्लाबाट सम्मिलित भई यस विद्यालयबाट SEE परीक्षामा सामेल विद्यार्थीमध्ये छात्रा समीक्षा सुवेदी र छात्र धन बहादुर थापा उत्कृष्ट नतिजा जि.पी.ए ३.५५ल्याउन सफल भए।

सो कार्यक्रममा बोल्दै बि. व्य. स अध्यक्ष सागर प्रसाद न्यौपानेले आगामी दिनमा पनि उत्कृष्ट नतिजा ल्याएर पास हुनका लागी हौसला प्रदान गर्दै विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो। शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालिले समग्र बुटवलका अरु विद्यालयको तुलनामा सिद्धेश्वर माबिको रिजल्ट झन राम्रो भएको बताउनुभयो।कार्यक्रममा प्रमुख अतिथि निमित्त वार्ड अध्यक्ष वीर ब लामाको उपस्थिति रहेको थियो साथै सिद्धेश्वर माबिको उन्न्यनका लागि वार्डबाट हुने सहयोगका लागि सधै तयार रहने कुरा लामाले बताउनुभयो।

सो कार्यक्रममा प्र अ दिननाथ गिरिले अबका दिनमा कक्षा ११ मा अझै राम्रो नतिजा ल्याउन विद्यार्थीहरुलाई अनवरत शिक्षण सिकाई कृयाकलापमा नयाँ ढंगले लाग्ने प्रतिबद्धता व्यक्त्त गर्दै विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो। बिधार्थीहरुको तर्फबाट समीक्षा सुबेदिले आफ्नो भनाई राख्दै शिक्षकहरुको धेरै निग्रानी र विद्यार्थीमैत्री वातावरणको लागि सिद्धेश्वर माबी एउटा सफल गन्तव्य रहेको कुरा व्यक्त गरिन।। सोही अवसरमा उत्तीर्ण सबै बिद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरिएको थियो। कार्यक्रम विद्यालय शिक्षक श्री कैलाश गौतमको संचालन, बिद्यालयका सह प्र अ श्री लेखनाथ पौडेलको स्वागत मन्तव्य र बिद्यालयकै सह प्र अ शान्ता शर्माले धन्यवाद ज्ञापन गर्दै सम्पन्न भएको थियो।

You may also like

This will close in 0 seconds