विद्यार्थीको सिर्जनशीलता उजागर गर्न ब्रिटिस ग्रामर स्कुलमा क्रियटिभ फेस्ट

by समतल अनलाइन
252Shares

बुटवल ।ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकेडेमी परिसर) मा माघ २४ गते शनिबार एक दिवसीय क्रियटिभ फेस्ट आयोजना हुने भएको छ।
‘Showing the Creativity’ भन्ने मूल नारासहित आयोजना हुने फेस्टको उद्देश्य विद्यार्थीभित्र रहेको सिर्जनशीलता, नेतृत्व क्षमता र नविन सोचलाई प्रस्फुटन गर्नु रहेको विद्यालयले जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूको सिर्जनात्मक क्षमताको प्रत्यक्ष प्रदर्शनी गरिनेछ।

फेस्टअन्तर्गत आर्ट एक्जिबिसन, आर्केड एन्ड एट्रेक्सन, क्राउड डिपार्टमेन्ट, ई–स्पोर्ट्स, गायन–नृत्य, नाटक प्रहसन, फुड फेस्ट, हेल्थ एन्ड सेफ्टी, हन्टेड हाउस, क्याफे, प्राइमरी फेस्ट, रोबोटिक्स तथा नर्सरी आर्ट लगायत १३ विधाका कार्यक्रम सञ्चालन हुनेछन्।
आर्ट इभेन्ट म्यानेजर विद्यार्थी रिसिमा खनाल र नित्या पाण्डेले जानकारी दिए।

यस क्षेत्रकै ऐतिहासिक कार्यक्रम भएकाले सबै क्षेत्रबाट साथ र सहयोगको अपेक्षा गरिएको आर्केड एन्ड एट्रेक्सन म्यानेजर विद्यार्थी शुलभ पौडेल, ज्याकी खान र सुशान्त शर्माले बताए।
क्रियटिभ फेस्ट सिर्जनाको प्रदर्शनी मात्र नभई विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासको महत्वपूर्ण माध्यम भएको जनाउँदै पर्फमेन्स म्यानेजर श्रेयस रञ्जन दास र आरुषी गुरुङले शैक्षिक अभियन्ता, उद्योगी, व्यवसायी तथा शिक्षाप्रेमीलाई कार्यक्रम सहयोग र स्पोन्सरशिपका लागि आह्वान गरे।
फेस्टलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न विद्यार्थीलाई जिम्मेवारी तोकिएको छ।

फुड फेस्ट म्यानेजरमा आइसा श्रेष्ठ, नसिब भुसाल, राजदीप घिमिरे र अदनान शेख छन्।
हेल्थ एन्ड सेफ्टीमा सारिका चौरसिया र अनुष्का खाती,
हन्टेड हाउसमा आश्रय गुप्ता र सुशान्त चापागाईं,
मार्केटिङमा कृषभ थापा र एन्जल मगर,
क्याफेमा सरुण केसी, विष्णु यादव र पुष्कर कसौधन,
लट्रीमा सुरायु भट्टराई र प्रशुन बज्राचार्य,
रोबोटिक्समा असिम राना र अनुज घिमिरे तथा
डिजाइन एन्ड डेकोरेसनमा विद्या ढकाल, जन्नत खान र अंशु पोखरेल रहेका छन्।

कक्षा पिजीदेखि १२ सम्मका विद्यार्थीको सक्रिय सहभागिता रहने फेस्ट पूर्ण रूपमा मौलिक, सिर्जनशील र पृथक हुने +२ संयोजक दीपक पोखरेल, शैक्षिक सह–प्राचार्य महेश पौडेल क्षेत्री र प्रशासनिक सह–प्राचार्य उमेश कँडेलले बताए।
विद्यार्थीको नेतृत्व, आइडिया र व्यवस्थापनमा सञ्चालन हुने यो मोफसलको एक मात्र क्रियटिभ फेस्ट भएको उल्लेख गर्दै विद्यालयकी निर्देशक पुष्पा कँडेलले यसले विद्यार्थीमा आलोचनात्मक चेत, समस्या समाधान क्षमता, उद्यमशीलता, लेखन–भाषण कला तथा सामूहिक सीपको विकास गराउने बताइन्।

ब्रिटिस ग्रामर स्कुल रुपन्देही नेपालकै ठूलो शैक्षिक समूह ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय स्तरको विद्यालय हो। यसका भगिनी संस्था चितवन, पोखरा, काठमाडौं, दुबई, क्यानाडा र बेलायतमा रहेका छन्।

यस अद्वितीय कार्यक्रम अवलोकनका लागि रुपन्देहीसहित बाहिरी जिल्लाका शैक्षिक संस्था, संघ–संस्था, व्यवसायी, अभिभावक, विद्यार्थी, पत्रकार तथा शिक्षाविद्लाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिए।

You may also like

This will close in 0 seconds