एसीसी प्रिमियर लिगका लागि नेपाली टोलीको घोषणा

by समतल अनलाइन
175Shares

काठमाडौँ।नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

आज बिहान क्यानले प्रिमियर कप खेल्ने २१ सदस्सीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। राष्ट्रिय टिम‍मा देव खनालको पुनरागमन भएको छ।

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, भीम सार्की, ललित राजवंशी, रोहित पौडेल, सन्दीप जोरा, मौसम ढकाल, कुशल मल्ल, आरिफ शेख कायमै रहेका छन् । यसैगरी, कमलसिंह ऐरी, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, गुल्सन झा, सूर्य तामाङ, सोमपाल कामी, किशोर महतो करण केसी र सन्दीप लामिछाने टिममा छन्।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा घरेलु मैदानमा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म चल्नेछ।​ खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ। फाइनल खेल वैशाख १८ गते हुनेछ। विजेता टोली एसिया कपका लागि छनोट हुनेछ।

Comments

You may also like

This will close in 0 seconds