एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्शल एशोसिएट्सलाई

by समतल अनलाइन
Shares

नेपाल चार्टर्ड एकाउन्टेन्टस संघ (एक्यान) रुपन्देहीले आयोजना गरेको ‘प्रथम एक्यान क्रिकेट टुर्नामेन्ट–२०७९’ को उपाधि हर्शल भण्डारी एशोसिएट्स काठमाडौंले प्राप्त गरेको छ । शनिबार भएको फाईनल प्रतिस्पर्धामा एक्यान चितवनलाई १६ रनले पराजित गर्दै उपाधि हर्सलले जितेको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस संघ (एक्यान) रुपन्देहीको आयोजनामा देशभरी रहेका चार्टर्ड एकाउन्टेन्टसहरु बिच सिद्धार्थ क्रीकेट रङशाला भैरहवामा ‘प्रथम एक्यान क्रिकेट टुर्नामेन्ट–२०७९’ प्रतियोगिता आयोजना गरिएको थियो ।

तीन दिनसम्म सञ्चालन गरिएको प्रतियोगिताको समापन समारोहमा विजेता हर्शल भण्डारी एण्ड एशोसिएटेस र उपविजेता चितवनलाई नगद पुरस्कार सहित ट्रफीले सम्मान गरिएको थियो । प्रतियोगितामा म्यान अफ द सिरिज हर्शलका सौरभ पेला, वेष्ट व्याट्सम्यान हर्शलकै अमुल रावल र वेष्ट बलर एक्यान चितवनका शंकर अर्याल भए ।

प्रतियोगिताको समापन समारोहमा बोल्दै रुपन्देही क्रिकेट संघका अध्यक्ष्य हरी थापाले चार्टर्ड एकाउन्टेन्टहरुको क्रीकेट खेल प्रतीको लगाव प्रशंसनीय रहेको बताउनु भयो । उहाँले प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै संघको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै लोक गायक बद्री पंगेनीले चार्टर्ड एकाउन्टेन्टहरुले पनि खेलकुदमा समय छुट्टाएको देख्दा आफुलाई खुशी लागेको बताउनु भयो । एक्यान रुपन्देहीका अध्यक्ष सिए प्रदिप भट्टराईको अध्यक्षतामा भएको र्काक्रममा एक्यान लुम्बिनी प्रदेश प्रमुख सिए प्रेम भुर्तेल, नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था बुटवल शाखाका संयोजक सिए शिवहरी शर्मा, एक्यान रुपन्देहीका पुर्व अध्यक्ष्य सिए छबी पोखरेल, नेपाली राष्ट्रिय टोलीका सहायक प्रशिक्षक बसन्त शाही, एक्यान लुम्बिनी प्रदेशका सल्लाहकार किशु शर्मा लगायत सहभागिता रहेको थियो ।

You may also like

This will close in 0 seconds