156
स्वस्तिक श्रेष्ठ
बुटवल । स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तरगत आजको खेलमा सुनौलो संगम युवा क्लब देविनगर विजयी भएको छ । सुनौलो संगमले चितवन–११ माथि ३–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।
रामनगर खेलमैदानमा भएको रोमान्चक खेलको ३७ औ मिनेटमा सुनौलोका रंजित थापाले गोल गर्दै अग्रता लिएको थियो । यसैगरि सुनौलोका कान्छा गुरुङले खेलको ४४ औ तथा मोहन थापाले खेलको ६५ औ मिनेटमा गोल गरेका थिए । खेलमा सुनौलोका कान्छा गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
previous post