प्रथम दोभान फाइभ ए साईडमा सेमीफाईनल समीकरण पुरा

by समतल अनलाइन
118Shares

बुटवल । पाल्पाको दोभानमा भैरहेको प्रथम दोभान फाईभ ए साईड फुटबल प्रतियोगिता २०७९ मा सेमीफाईनल समिकरण पुरा भएको छ । दोभान खेलमैदानमा शनिबार भएको समूह ‘बि’ बाट एमएफसी क्लब विजयी हुदै उपाधि दाबी पेश गरेको छ ।

क्वाटरफाईनल खेलमा आयोजक दोभान एफसी (ए) लाई सडेनडेथमा १–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । यसैगरि समूह ‘ए’ मा एसवाईसीले गणेश सास्कृतिक क्लब (ए) लाई सडेनडेथमा १–०, समूह ‘सि’ मा न्यु युथ युनियन तानसेनले विष्णुपुर एफसीलाई १–० तथा समूह ‘डि’ मा दोभान एफसीले लुम्बिनी तिलोत्तमा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

आईतबार बिहान पहिलो सेमीफाईनल खेलमा एमएफसीले एसवाईसी तथा दोस्रो सेमिफाईनल खेलमा न्यु युथ युनियन तानसेन र दोभान एफसी बिचमा खेल हुने संयोजक सुनिल श्रेष्ठले बताए ।

Comments

You may also like

This will close in 0 seconds