124
काठमाडौं । अहिले नेपालको मौसमी प्रणालीमा अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावद्द पनि रहेको छ ।
जसको प्रभावका कारण आज (शुक्रबार) पहाडी भेगमा बिहान आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको थियो । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
previous post