177
			
		
		
			
            
				            
			
			        
    पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–५ केराबारी नजिकै ना ८ ख ७९२४ नम्बरको टिप्पर सडकबाट खोलामा खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा टिपर चालक स्याङ्जा गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी बिरेन्द्र थापाले जानकारी दिए ।
पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको उक्त टिपर गए राति पौने १२ बजे सडकबाट तल खसेको थियो । राति नै प्रहरीको टोली घटनास्थलमा पुग्दा टिपर पूर्णरुपमा क्षति भएको थियो । खोजतलासका क्रममा आज बिहान साढे ७ बजे चालक न्यौपाने तिनाउ खोलाको पानीमा मृत फेला परेको पाल्पाका प्रवक्ता समेत रहेका डिएपी थापाले बताए ।
 
			        

 
												 
														

