153
भैरहवा।भैरहवाको देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा सोमबार जिल्ला प्रशासन कार्यालयले छापा मारेको छ । त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फाँसी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको र सो रेष्टुरेण्ट बन्द गराएको छ ।
देवकोटा चोकमा रहेको जेल रेष्टुरेण्टमा आउने ग्राहकलाई लक्षित गरी रेष्टुरेण्टको कोठा जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकाले रेष्टुरेण्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । उनले स्थानीय मिडियाबाट सो रेष्टुरेण्टबारे जानकारी भएको र अनुगमन गर्दा कैफियत देखिएको कारण बन्द गराइएको बताए ।
previous post