128
रोल्पा । रोल्पाको माडी गाउँपालिका-३ तालाबाङमा एक दम्पतीको हत्या भएको छ । रोल्पाकै परिवर्तन गाउँपालिका-२ घर भइ तालाबाङमा बस्दै आएका २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती ३७ वर्षीया पार्वतीको हत्या भएको हो ।
भदौ १४ गते तीजको दिन राति हत्या भए पनि १५ गते दिउँसो स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरे लगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरे र इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवराज भट्टराईको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।