नेप्से १२ सय ६३ बिन्दुमा : सातामा दुई अर्ब नौ करोडको कारोबार

Shares

काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) मा एक सय ७४ कम्पनीहरुको ३२ हजार सात सय १५ वटा कारोवार भएकाछन् ।

जसअनुसार ७५ लाख २६ हजार छ सय ११ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब नौ करोड ७३ लाख नौ हजार पाँच सय ५५ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा केही बढी हो ।

गत साता भने स्टकमा एक सय ७३ कम्पनीहरुको २७ हजार आठ सय १६ वटा कारोवार भएका थिए । जसअनुसार ७१ लाख ९२ हजार सात सय ६४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ९७ करोड ७७ लाख ९४ हजार नौ सय ३४ रुपैयाँ पुगेको थियो ।

यो साता बजार परिसुचक १२ सय ६३ दसमलव ८४ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ७२ दसमलव ५३ अंकमा पुगेर रोकिएको छ । यो साता नेप्सेको नियिमत कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो र पाँचौं दिन नेप्से घटेको थियो भने बाँकी दिन नेप्से बढेको थियो ।

पहिलो दिन बजार परिसुचक १७ दसमलव ११ अंकले घटेर १२ सय ५२ दसमलव ८० अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स तीन दसमलव ४३ अंकले ओरालो लागेर दुई सय ७० दसमलव चार अंकमा झरेको थियो ।

दोस्रो दिन बजार परिसुुचक तीन दसमलव १८ अंकले बढेर १२ सय ५५ दसमलव ९८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव आठ अंकले बढेर दुई सय ७१ दसमलव ११ अंकमा चढेको थियो । तेस्रो दिन पनि बजार परिसुचक तीन दसमलव ३९ अंकले उकालो लागेर १२ सय ५९ दसमलव ३७ अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स एक दसमलव शुन्य तीन अंकले बढेर दुई सय ७२ दसमलव १४ अंकमा चढेको थियो ।

साताको चौथो दिन सेयर बजार परिसुचक छ दसमलव दुई अंकले बढेर १२ सय ६५ दसमलव ५७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव एक अंकले बढेर दुई सय ७३ दसमलव २४ अंकमा चढेको थियो ।

साताको पाँचौ दिन भने सेयर बजार परिसुचक एक दसमलव ७४ अंकले घटेर १२ सय ६३ दसमलव ८४ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७१ अंकले घटेर दुई सय ७३ दसमलव ५३ अंकमा झरेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल बैक, नेको इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, एनआईसी एशिया बैंक, प्रभु बैंक आदि परेकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा प्रभु बैंक, एनआईसी एशिया बैक, नेपाल बैंक आदि परेकाछन ।

बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन । सेयर सुचीकरणतर्फ भने यो साता पुर्णिमा बिकास बैंकको दुई लाख ६२ हजार पाँच सय १६, कित्ता, देव बिकास बैंकको १३ लाख ९३ हजारपाँच सय २४ दसमलव १९ कित्ता र मितेरी डेभलपमेन्ट बैंकको आठ लाख ५० हजार कित्ता बोनस सेयर सुचीकृत भएकाछन् ।

सम्बन्धित समाचार

You may also like

This will close in 0 seconds