बाढी र पहिरो खनिदा पनि समाज सेवा गरेर जन्मदिन मनाउन छोडिनन् संचारकर्मी क्षेत्री

by समतल अनलाइन
Shares

कपिलवस्तु । पुस १३ गते साँझै बाट पानी परिरहेको थियो तर केही दिन अघि बाटनै आफुले गर्ने कार्यको सेवा लिन भनेर टोल टोलमा सामाजिक सञ्जालबाट गरिएको प्रचार प्रसार गर्दा र जन्मदिन अरु दिनमा राख्न नमिल्ने महत्त्वपूर्ण दिन परेको कारण पुस १४ गते पर्ने गएको जन्मदिनमा सोही दिन प्रकृतिको नियम संग रुमल्लिदै भिज्दै डाक्टर र आफ्ना साथिहरु सहित टोलि लिएर आफ्नो जन्म स्थान गाउँको मायाले बढी सताउने हुँदा जन्मउत्सव मनाउन सिमलपानीमै पुगीन् ।

पछिल्लो समय जन्मदिन भन्नाले केक काट्ने, साथिहरुसंग शुभकामना आदान प्रदान गर्ने, पार्टि दिने, नाचगान गर्ने अनि गिफ्ट प्राप्त गर्ने भन्ने कुरा बुझिन्छ तर यो धारणा गलत हो । जन्म दिनमा केक काट्नु नराम्रो मानिँदैन तर केकमा राखिएको बत्ति निभाएर केक काट्ने परम्परा बन्दै आएको छ, कार्यक्रममा बत्ति निभाउनु अशुभ मानिन्छ ।

सोहि क्रममा सञ्चारकर्मी अनिता क्षेत्रीले जन्मोत्सवको अवसरमा दन्त शिविरको आयोजना गरि विपन्न परिवारलाई स्वास्थ्य सेवा प्रदान गरेकी छन् । केक काट्ने, साथीभाईहरु जम्मा गरेर फजुल खर्च गर्ने प्रवृत्तिको अन्त्य गर्ने उद्देश्यले उक्त कार्य गरेको क्षेत्रीले बताईन् ।

सञ्चारकर्मी क्षेत्री भन्छिन्, ‘आफ्नो सबै खुसीमा आफु मात्र खुसी हुनु जीवन सफल हुनु होईन, आफ्नो थोरै खुसी बांडेर अरुलाई पनि खुसी बनाउनु नै जीवनको सफलता हो’ ।

उनले जन्म दिनमा अनावश्यक खर्च नगरी वृद्धाश्रम, वालआश्रम, गरिव, भोका नाङ्गा आदीलाई साहारा दिन सबैलाई आग्रह गर्दै आगामि दिनमा पनि यस्तै कार्य गर्ने प्रतिवद्धता जनाईन् ।

राति देखि परेको झरिले गर्दा सोही ठाउँमा कुनै साधन नसक्ने हुदा यात्रा कष्टकर तर साथिहरु वडाबासी सबै जना आफू प्रती गरेको सहयोग सहकार्यले गर्दा आफू हरेक समस्यालाई भुलेर खुशी भएको उनी बताउँछिन। बिडिएस डाक्टर संस्कृति प्रधानबाट दन्त सेवामा दिईएको समय भन्दा धेरै ढिला सुरु हुन पुगे पनि अत्यन्तै रमाइलो र शितगंगा १३ १४ दुईवटा वडालाई समेटेर कार्यक्रममा दात समबन्धी समस्या भएका शिक्षक अभिभावक विद्यार्थी सबैलाई दात सम्बन्धी दिईएको थियो । सञ्चारकर्मी क्षेत्रीले आफुलाई यो १ दिने निःशुल्क दन्त शिविर कार्यक्रममा आफुलाई हरेक क्षेत्र बाट साथ सहयोग गर्नुहुने वडा अध्यक्ष दुर्गा बहादुर बिसि, सिमलपानी स्वास्यथ् चौकीका प्रमुख रामु खनाल, युनिक डेण्टलको टिम, आफ्ना साथीहरुको पनि महत्त्वपूर्ण भुमिका रहेको भन्दै सबैलाई धन्यवाद दिँदै आगामी दिनमा यसरि नै सहकार्य गर्न आग्रह गरीन् ।

वडा अध्यक्ष दुर्गा बहादुर बिसिले आफू अध्यक्ष भईसके पछि स्वास्थ्य सम्बन्धि यस्तो महत्वपुर्ण कार्य वडा नगरकै पहिलो कार्य रहेको बताए । नगर तथा वडाले योजना बनाएर ल्याउनु पर्ने कार्य क्षेत्रीले आफु एक्लैले यति ठूलो योजना बनाउनु सिमलपानी बासिका लागि गर्वको कुरा भएको बताए । उनले उक्त कामको उच्च सम्मान गर्दै जन्मोत्सवको शुभकामना व्यक्त गरेका थिए ।

सञ्चारकर्मी अनिता क्षेत्रीको अध्यक्षता, वडा अध्यक्ष दुर्गा बिसिको बिशिष्ठ आतिथ्यता, सिमलपानी स्वास्थ्य चौकी प्रमुख रामु खनाल लगायत सम्पुर्ण कर्मचारी लगायत स्थानीयको उपस्थिती रहेको कार्यक्रम प्रभाकर माविका प्रधानाध्यापक श्याम बिसिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

You may also like

skip


This will close in 5 seconds