121
काबुल । अफगानिस्तानको राजधानी काबुलको सैनिक अस्पताल छेउम बम विष्फोट र त्यसपछि भएको गोली प्रहारबाट कम्तीमा १९ जनाको ज्यान गएको छ । ४३ जना घाइते भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
प्रत्यक्षदर्शी र सरकारका एक प्रवक्ताका अनुसार अफगान राजधानी काबुलको सरदार मोहम्मद दाउद खान सैनिक अस्पताल नजिकै गोली चलेको आवाज पनि सुनिएको थियो । इस्लामिक इमिरेटका प्रवक्ता बिलाल कारिमीले ४०० शैयाको अस्पतालको प्रवेशद्वारमा कम्तीमा दुई वटा बम विष्फोट भएको जानकारी दिएका छन् ।